दार्चुला। आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई बलियो बनाइने नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले बताएका छन्।
शनिबार प्रेस सेन्टर दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । यो गठबन्धन प्रतिगमनकारी शक्तिका विरुद्ध माओवादी पार्टीकै अग्रसरतामा बनेको भएकाले यसलाई बलियो बनाउने माओवादीको दायित्व भएको उहाँको भनाई छ ।
नेपाली काङ्ग्रेस सँग आवश्यकता र औचित्यका आधारमा निर्वाचनमा गठबन्धन हुने इन्चार्ज भट्टले बताए । गठबन्धनका सन्दर्भमा काङ्ग्रेस पार्टी भित्र विभिन्न धुब्र भएपनि संस्थागत र नेतृत्वको धारणा गठबन्धन पक्षधर रहेकाले निर्वाचनमा संगै जाने उनको भनाई छ । साथै नेकपा एमाले संग चुनावमा तालमेल नुहुने बताए । देशैभरि काङ्ग्रेस र गठबन्धनका पार्टीहरु बिच निर्वाचनमा तालमेल हुने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताए। केन्द्रदेखि वडासम्म गठबन्धनको कुरा चलेकाले निर्वाचनमा गठबन्धनलाई बलियो बनाउने कुरामा माओवादीको एकमत रहेको उनको भनाइ छ । उनले सुदूरपश्चिम प्रदेश सरकारमा काँग्रेसको सहभागिताबारे माग जायज रहेको बताउदै यसबारे माथिल्लो तहमा यसबारे कुरा भइरहेको बताए ।
साथै फरक प्रसङ्गमा बोल्दै इन्चार्ज भट्टले माओवादीलाई २०७० सालको आखाँबाट नहेर्न आग्रह गरे। यस निर्वाचनमा माओवादीको २०६४ सालको मत नयाँ सिराबाट स्थापित हुने उहाँको भनाई छ । साथै माओवादी पार्टी गुटको मोर्चाहरुले गर्दा विगतको भन्दा कमजोर बनेको र यसलाई समिक्षा गरिनुपर्ने बताए। बाबुराम र बैद्यले प्रचण्डको तालु खुइल्याएको प्रदेश इन्चार्ज भट्टको भनाई छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाको आयोजनामा प्रशिक्षण भेला आयोजना गरिएको हो । समन्वय समिति दार्चुलाका संयोजक मान बहादुर धामीको अध्यक्षता रहेको भेलालाई माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य खगराज भट्टले सम्बोधन गरेका थिए ।