धनगढी। नेकपा एकीकृत समाजवादी पार्टिले धनगढी उप महानगरपालिका वर्ड नम्बर ५ मा टोल कमिटी गठन गरेको छ। यसोदा जिसिको अध्यक्षतामा सुन्दरनगर टोल कमिटी गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टी कैलालिका उप सचीव दीर्घ जोशिले जानकारी दिए।
नेकपा एकीकृत समाजवादी पार्टीकि केन्द्रिय सदस्य लक्ष्मी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका कैलाली जिल्ला कमिटी वरिष्ठ उपाध्यक्ष बिमल जोशी, उप सचीव दीर्घ जोशी विशिष्ट अतिथि थिए ।
टोल भेलामा पार्टीलाई निर्वाचन केन्द्रीत गरेर अगाडी बढ्ने बारे छलफल भएको जिल्ला उप सचीव जोशीले बताए । नेकपा एकीकृत समाजवादी पार्टिले एक्लै भएपनी चुनाव लड्ने गरि तयारी गरेर कार्यक्रम आगाडी बढाएको उनले बताए ।