धनगढी। धनगढी ५ शिवनगरमा रहेको चैतन्य पाठशाला स्टोन ब्रिज माध्यमिक बिद्यालयको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम गरिएको छ । सो बिद्यालयको आयोजनामा भएको अभिभावक शिक्षा कार्यक्रम अन्तरगत “असल अभिभावक, सुखि परिवार” बिषयका बारेमा शिक्षक, अभिभावक तथा बिद्यार्थीका बिच आज सो कार्यक्रम गरिएको हो ।
पछिल्लो समयमा बिद्यार्थी, अभिभावक तथा शिक्षक बिच ब्यवहारिक, नैतिक तथा समन्वय नहूँदा असल अभिभावक र खुसी परिवार हुन नसकेको कार्यक्रमका सहभागिले बताएका छन् । जसले गर्दा सामाजिक, संस्कार र ब्यवहारीक शिक्षाबाट बालबालीका बञ्चित भएको उनीहरुले बताएका हुन् । पहिला घरपरिवारमा असल अभिभावक बन्न जरुरी छ। कार्यक्रमका प्रमुख अतिथी तथा वक्ता डाक्टर चिन्तामणी योगीले पहिला असल अभिभावकबाट नै संस्कारको सुरुवात हुने भएकाले पहिला असल अभिभावक बन्न जरुरी रहेको बताए ।
उनले भने, पहिला असल अभिभावक बन्नुहोस, असल अभिभावकबाट परिवार असल बन्छ, असल परिवारबाट समाज अनी असल समाजबाट असल देश बन्ने उनले धारणा राखे । उनले भने, स साना बालबालीका घरपरिवारको संस्कार सिक्दै हुर्कीदै आएकाले समाज तथा बिद्यालयमा पनी यसको प्रभाब देखापर्ने उनले जानकारी दिए । जब घरपरिवारबाट राम्रो संस्कार, राम्रो शिक्षाबाट अगाढी बढ्यो भने मात्रै राम्रो तथा सुखी परिवार बन्ने उनको भनाई छ । यस्तै आयोजक तथा चैतन्य पाठशाला स्टोन ब्रिज माध्यमिक बिद्यालयका अध्यक्ष हिमाल शाहले बिद्यार्थी, शिक्षक, अभिभावकका बिच आपसी समन्वयात्मक छलफल हुनुपर्ने बताए । अर्काको देखासिकी र बाह्यक्षेत्रको प्रभाबले पनी बिद्यार्थी राम्र्रो भन्दा नराम्रो संगतले बिद्यार्थीहरु अनुशासित हुन नसकेको बताए। यस्ले शिक्षामा नराम्रो असर पारिरहेको उनले बताए । उनले भने, डाक्टर योगीले भनेजस्तै बिद्यार्थी, अभिभावक तथा शिक्षक बिच आपसी समन्वयात्मक, संस्कार तथा अनुशासीतमा जोड दिनुपर्ने बताए। जसबाट बिद्यार्थीमा चेतनाको बिस्तार हुने, सकारात्मक सोचको बिकासतथा ब्यक्तीत्वको बिकासमा टेवा पुग्छ, उनले भने ।
यस्तै बिद्यालयका कार्यकारी प्रमुख अधिकृत गणेश प्रसाद जोशीले प्राकृतिक अभ्यासको जरुरत पर्ने बताए। यसमा कसरी बिद्यार्थी, अभिभावक, शिक्षकबाटै सकारात्मक कुराको बिकास हुन्छ त्यसरी नै त्यो कुराको पालना गर्नुपर्ने उनको भनाई छ । यस्तै अभिभावकका तर्फबाट बोल्दै जगत प्रसाद जोशीले भौतिक सुख सुबिधा भन्दा नैतिकशिक्षा तथा संस्कारबाट ब्यवहारीक शिक्षा, स्वास्थ्य लगायतको बिकास हुने जानकारी दिए । कार्यक्रमका सभापती हिमाल शाहको उपस्थीतीमा भएको कार्यक्रमका प्रमुख अतिथी तथा आध्यात्मीक वक्ता डाक्टर चिन्तामणी योगी रहेका थिए । यस्तै बिशिष्ट अतिथीमा गणेश बहादुर सिँह, गणेश प्रसाद जोशी रहेका थिए । कार्यक्रममा स्वागत मन्त्व्य गणेश प्रसाद जोशीले गरेका थिए । यस्तै महेश दाहाल, मेखराज दाहाल, शिक्षक संघ अध्यक्ष मनिराज थापालगायत, बिद्यार्थी अभिभावक तथा शिक्षकहरुको उपस्थीती रहेको थियो । कार्यक्रममा बिद्यालयका कर्मचारीहरुले अतिथीहरुलाई स्वागत गरेका थिए ।बिद्यालयले पनी बिगत बर्ष देखी नै रचनात्मक तथा अतिरीक्त कृयाकलापलाई जोड दिदै आएकोमा आगामी दिनमा यस्तै बिभिन्न रचनात्मक काम गर्दै जाने बताएको छ । साथै कार्यक्रमलाई सभ्य तथा भव्यताका साथ सम्पन्न गर्नमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ब्यक्त गरीएको छ।