कैलाली। आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर धमाधम म्यादी प्रहरी छनोट प्रक्रिया चलिरहेको छ। म्यादी प्रहरीका लागि दरखास्त दिएकाहरुको स्वास्थ्य तथा शारीरिक परीक्षणलगायत जाँच गरेर छनोट प्रक्रिया अगाडि बढाइएको हो।
कैलालीमा म्यादी प्रहरीमा आवेदन दिएका महिला दरखास्तले धनगढी ८ स्थीत धनगढी नमुना प्राबिधिक बिद्यालयको खेल मैदान तथा पुरुष दरखास्त दिएकाहरुले धनगढी १ स्थीत धनगढी रङ्गशाला र धनगढी २ स्थीत सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगडीको खेल मैदानमा परिक्षा सञ्चालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार आज (१५ गते) र भोली (१६ गते)का लागी परिक्षा सञ्चालन भैरहेको जनाएको छ ।
परिक्षामा सहभागि हुनेले प्रवेशपत्र, नेपाली नागरीकताको सक्कलै प्रमाणपत्र सहित तोकिएको मितीस्थान समयमा परिक्षा सुरुहुनु भन्दापहिला उपस्थीती भैसक्नुपर्ने नियम छ। कैलालीमा २ हजार ४५७ जना म्यादी प्रहरीका लागि ११ हजार २ सय २२ जनाले म्यादीका लागि आवेदन दिएका छन् । दर्जनौंको संख्यामा रहेका म्यादीमा दरखास्त दिएकाहरुलाई उपस्थीति, स्वास्थ्य परिक्षण, रक्तचाप, उचाई, तौल, सेट अप, पुस अप, कि.मी दौड लगायतका क्रियाकलापमा सहभागी गराइएको थियो। प्रहरी प्रधान कार्यालयलले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीमा दरखास्त आह्वान गरेको थियो । त्यस अवधिमा झन्डै ३ लाखले आवेदन दिएका थिए। यस पटकको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिँदैछ । कैलाली प्रहरीको सुचनासहित फोटो फिचर …..






