धनगढी। धनगढीमा बहु-प्राविधिक शिक्षालयको भवन नगरप्रमुख नृपबहादुर वडद्धारा उद्घाटन गरिएको छ । धनगढी उप–महानगरपालिका र प्राविधीक शिक्षा तथा ब्यावसायीक तालिम परिषद ( सिटिईभिटी) संगको साझेदारीमा संचालनमा ल्याएको धनगढी बहु प्राविधिक शिक्षालयको भवन नगरप्रमुख वडद्धारा उद्घाटन गरिएको हो।
मंगलबार नगरप्रमुख वडले भवनको उद्घाटन गर्दै उप–महानगरपालिका क्षेत्रका बालबालिकाहरुले न्यून शुल्कमा गुणस्तरीय प्राविधीक शिक्षा पढ्न पाउन भनेर धनगढी उप–महानगरपालिकाले आफै बहुप्राविधिक शिक्षालय संचालनमा ल्याएको जानकारी दिए । भवन निर्माणको ठेक्का जी.के. कन्स्ट्रक्सन धनगढीले लिएको थियो । भक्तपुरको ख्वाप ईन्जिनियरिङ्ग कलेज पछि उपत्यका बाहिर आफै प्राविधीक शिक्षालय संचालन गर्ने धनगढी उप–महानगरपालिका पहिलो हो नगरप्रमुख वडले भने,‘ यहाँ न्यून शुल्कमा अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहतको पठनपाठन हुने बताए ।
सिटिईभिटीको अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातहको पठनपाठन गराउने कर्णाली र सुदूरपश्चिम प्रदेशमा धनगढी धनगढी बहुप्राविधिक शिक्षालय मात्रै भएको बताईएको छ । कतिपयले बाटोघाटोलाई मात्रै विकास भनेर अर्थाउने गरेका छन् नगर प्रमुख वडले भने, ‘हामीले पूर्वाधारका साथै सामाजिक, वातावरणीय, पर्यटकिय, शिक्षा स्वास्थ्य सबै क्षेत्रमा काम गरेका छौं । कोभिडको महामारीका बिचमा पनि धनगढी उप–महानगरपालिकाले थुप्रै उपलब्धीमूलक काम गरेको नगरप्रमुख वडले बताए ।
धनगढी उप–महानगरपालिकाका वडा नं ५ का अध्यक्ष हिरासिंह पातलीले धनगढी बहुप्राविधिक शिक्षालयले न्यून शुल्कमा प्राविधीक शिक्षाको पठनपाठन भैरहेको बताए । धनगढी बहुप्राविधिक शिक्षालयले अटोमोवाईल ईन्जिनियरिङ्ग डिप्लोमातह र होटल म्यानेजमेन्ट डिप्लोमातका अतिरिक्त छोटो समयका निशुल्क सिपमूलक तालिम संचालन गर्दै आईरहेको छ वडा अध्यक्ष पातलीले भने , ‘ हाम्रो उदेश्य दक्ष जनशक्ति उत्पादन गर्नु हो ।’धनगढी बहुप्राविधिक शिक्षालय संचालन समितिका सदस्य पदम सिंह कुँवरले धनगढी बहुप्राविधिक शिक्षालय उप–महानगरपालिकाको ड्रिम प्रोजेक्ट भएको बताए। उनले भने, एकै पटक सबै कुरा पुरा नहोला तर यो उपलब्धीमूलक कामको सुरुवात भएको छ उनले भने। धनगढी पोलिटेक्निक इन्ष्टिच्यूटमा अटोमोवाईल ईन्जिनियरिङ्ग तीन बर्षे डिप्लोमातहको १ लाख ८२ हजार र होटल म्यानेजमेन्ट तीन बर्षे डिप्लोमातहको १ लाख ५३ हजारमा पढाई पुरा हुने गर्दछ । यही बिषय अन्यत्र बढ्दा ठूलो खर्च हुने गर्दछ ।


