कैलाली। कैलालीको अत्तरियामा रहेको एक पसलमा आगलागी भएको छ । सोमबार बेलुकी कैलालीको अत्तरियास्थीत महेनन्द्रनगर रोडमा रहेको भगवती अटो पार्ट एण्ड सर्भिस सेन्टरमा आगलागी भएको हो।
आगलागिको कारण खुलेको छैन । आगलागीबाट अटो पार्ट संगै जोडीएको मासु पसलमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागि अहिले नियन्त्रणमा आएको छ। आगलागि नियन्त्रणका लागि गोदावरी नगरपालिकाको दमकल संगै धनगढी बाट पनि दमकल पुगेको थियो।
गोदावरीको दमलकमा पानी सकिएपछि आगो नियन्त्रणमा ढिलाई भएको थियो । दोस्रो पटक गोदावरीको दमकलले पानी भरेर आगो नियन्त्रण गरेपछि मात्रै धनगढीको दमकल पुगको थियो । क्षेतीको विवरण भन्ने नखुलेको ईलाका प्रहरी कार्यालय मालाखेतीले बताएको छ।भिडीयोमा हेर्नुहोस


