धनगढी। नेपाल महिला संघद्धारा धनगढी उपमहानगरपालीकामा महिलासंघ समिति गठन गरिएको छ ।
घर घर जाउ कांग्रेस जिताउ अभियान अन्तर्गत शनिवार नेपाल महिला संघद्धारा धनगढी उपमहानगरपालीका वडा नम्बर १९ मा पार्वती ओलीको अध्यक्षतामा २५ सदस्यीय महिलासंघ समिति गठन गरिएको हो।यस्तै उपाध्यक्षमा गाेमा विक, रत्ना चाैधरी चयन भएकी छिन् । यस्तै सचिवमा कल्पना राेकाया, सह सचिवमा लक्ष्मी स्नेही, काेषाध्यक्षमा लक्ष्मी चाैधरी चयन भएकी छिन् । यस्तै सदस्यहरुमा गुलाबी चैाधरी, सुन्तली बाेगटी, अनिता चाैधरी, रिबरु लिसानी,बालमनी चाैधरी, गिता चाैधरी, कल्पना चाैधरी,अमृता चाैधरी,मिना चाैधरी,समझना चाैधरी,सीता चाैधरी, सरस्वती चाैधरी लगायत चयन भएका नेपाली कांग्रेस नेपाल महिलासंघ नगरसभापति जागृती बोगटीले जानकारी दिईन् ।यस्तै शनिवार नै नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका वार्ड नं १९ मा ३६ जनालाई महिला संघकाे सदस्यता वितरण गरिएको छ। टोल कमिटी गठन कार्यक्रम धनगढी उपमहानगरपालिका वार्ड नं १९का वडा सभापति मंगल बहादुर सिंह उपस्थीतीमा भएको थियो । यस्तै कार्यक्रममा जिल्ला प्रतिनिधि रतन कठायतको समुपस्थि सहित सबै वडा कार्यसमिति क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि र वडा भेला गरि महिला संघ समिति गठन गरिएको जनाइएको छ ।