धनगढी। कैलालीमा आज विहानैदेखि अबरुद्ध रहेको पूर्वपश्चिम राजमार्ग खुलेको छ।
सोमबार कैलालीको लम्कीचुहा नगरपालिका १० चुहामा ट्रकको ठक्करबाट २६ वर्षीय टेकबहादुर रावलको मृत्यु भएपछि आफन्तले आज विहानैदेखि राजमार्ग अबरुद्ध गरेका थिए। राजमार्ग खुलेपछि सवारीसाधन चल्न थालेका छन् ।
मृतकका परिवारलाई क्षतिप्रर्ति दिने र चालकलाई कार्बाही गर्ने सहमतिपछि राजमार्ग खुलेको इलाका प्रहरी कार्यालय सुख्खडका प्रहरी नायक उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । सु प्र ०१ ००९ प ३९२६ नम्बरको मोटरसाइकललाई लु १ ख ८९३० नम्बरको ट्रकले ठक्कर दिदा गम्भीर घाइते भएका रावलको मृत्यु भएको थियो। ठक्कर दिने ट्रक र चालक अहिले प्रहरी नियन्त्रणमा छ्न्।


