धनगढी। धनगढीमा दुइ दिनसम्म सञ्चालन भएको द ब्यारोन सेलेक्ट ‘होली हङ्गामा’ कार्यक्रमको लक्की ड्र सार्वजनिक गरिएको छ।
धनगढी स्थीत पार्कमा रकस्टार मिडियाको आयोजना तथा टुईन्स डान्स एकेडेमीको संयोजकमा चैत ३ र ४ गते भएको ‘होली हङ्गामा’ कार्यक्रमको लक्की ड्र सार्वजनिक गरिएको आयोजक जितेन्द्र रावलले जानकारी दिए ।जस अन्तरगत पहिलो १०० रुपैयाँको टिकट खरिद गर्ने (हेडफोन लक्की ड्र) मा २२२८ नम्बर बिजेता भएको छ ।
यस्तै १०० रुपैयाँको टिकट खरिद गर्ने (ब्लुटुथ लक्की ड्र) मा २२६२ नम्बर बिजेता भएको छ ।
यस्तै १५० रुपैयाँको टिकट खरिद गर्ने (मोबाइल सेट लक्की ड्र) मा १००१ नम्बरको टिकट बिजेता भएको आयोजकले जनाएको छ ।टिकटको लक्की स्पोन्सर गर्ने धनगढी चौराहमा रहेको दिब्या मोवाईल सप रहेको छ । बिजेता हुने ब्यक्तीले टिकटको अर्घकट्टीसहित टिकट नम्बर एक हप्ता भित्र रकस्टार मिडीयाको कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ ।
एक हप्ता भित्र टिकट नल्याए सो उपहार संस्था कै हुनेछ । साथै सम्पर्कका लागी रकस्टार मिडीया प्राली धनगढीस्थीत कैलालीपुलका सञ्चालक जितेन्द्र रावलको मोवाईल नम्बर ९८४८४६९९६७ मा वा कार्यक्रमका संयोजक तथा टुईन्स डान्स एकेडेमीका सञ्चालक केशव बलायरको मोवाईल नम्बर ९८४८४९६६६१ मा पनी सम्पर्क गर्न सकिने जनाइएको छ।


