कैलाली। कैलालीमा लागु औषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन । कैलालीको लम्की चुहा नगरपालिका वडा नं. १ बस्ने २३ वर्षिय आकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार साँझ आफैले चलाएको सु.प.प्र. ०१–०१० प ५०२५ नम्बरको मोटरसाईकलमा संकास्पद तरिकाले उभिएको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५२० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लागु औषधका साथै उनको साथमा नगद रु २७ जार २ सय ४० पनि फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बि.क माथी थप अनुसन्धान भैरहेको उनले बताएका छन ।