कञ्चनपुर। कञ्चनपुरको पुर्नबास नगरपालीका ८ स्थीत सुकुम्बासी सिबिरमा नेपाल परिवार दलको टोलीद्धारा अनुगमन गरिएको छ ।
नेपाल परिवार दलका सयोजक खडक नागरी, केन्द्रीय सदस्य बिष्णु कुमारी बिके लगायतको टोलीद्धारा पुर्नबास नगरपालीका वडा नम्बर ८ कंकडको सुकुम्बासी सिबिरमा अनुगमन गरिएको हो। कञ्चनपुरको पुर्नबास क्षेत्रका समाजसेवी खेम बहादुर तामाङको बिशेष अनुरोधमा सुकुम्बासी पिडितहरुसग भेटघाट भएको परिवार दलका सयोजक खडक नागरीले जानकारी दिए ।
उनले भने, स्थानीय नेता जनप्रतिनिधि कसैले पनि वस्था नगरेको गुनासो आएको र सो वडामा टोइलट खानेपानी एकछाक खाना पनि नपाउने यश ठाउँका बासिन्दा रहेको बताए ।साथै अब नेपाल परिवार दलले सक्दो सहयोग गर्ने प्रतिब्दता ब्यक्त गरेको जानकारी दिएका छन् । साथै यश वडाका समाजसेवी कुलदिप रानाले हामीलाई कुन नेता अहिलेसम्म भेटन पनि नआएको गुनासो गरेका छन् । सो वडाका स्थानीयले पार्टीका सयोजक र केन्द्रीयलाई स्वागत र धन्यवाद ब्यक्त गरेका छन् ।



