धनगढी। धनगढी ३ मा रहेको गौ सँरक्षण सेवा समितीको तेस्रो साधारण सभा हुने भएको छ। शनिवार गौ संरक्षण सेवा समितीले पत्रकार सम्मेलनको आयोजना गर्दै सो बारे जानकारी गराएको गौसालाका गौ सेवक यस्पाल अबस्थीले जानकारी दिए।
गौ सेवक अबस्थीले यहि चैत्र १२ गते हुने गौ सँरक्षण सेवा समितीको तेस्रो साधारण सभामा सम्पुर्ण आजिवन सदस्य, दानदाता, संघसंस्थालाई उपस्थीतीका लागी अनुरोध गरिएको जानकारी दिए। साथै गौ सँरक्षण सेवा समितीको तेस्रो साधारण सभा चैत्र १२ गते दिउँसो साढे १२ बजे धनगढी ३ चटकपुरस्थीत गौ सँरक्षण सेवा समितीको परिसरमा हुने जानकारी दिएका छन् ।
धनगढी उपमहानगरपालिका–३ मा रहेको गौ सँरक्षण सेवा समितीले छाडा पशुचौपायाको व्यवस्थापन सँगै उपचार गर्दै आएको जनाइएको छ। धनगढी ३ चटकपुरमा निर्माण गरिएको गौशाला मार्फत छाडा पशुचौपायाकोे व्यवस्थापन देखी उपचारसम्म भैरहेको गौशालामा १ सय ८ गाई अटाउने क्षेमता रहेको छ।