धनगढी। नेपाल बुद्धिजीवि परिषद् कैलालीको ७ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनःरघुविर भट्ट चयन भएका छन् ।
आज धनगढीमा सम्पन्न नेपाल बुद्धिजीवि परिषद् कैलाली जिल्लाको ७ औँ जिल्ला अधिवेशनले भट्टको अध्यक्षतामा सर्वसम्मत रुपमा जिल्ला चयन गरेको हो। यस्तै जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा चयन गरेको जिल्ला कमिटीको उपाध्यक्षमा प्रकाश बहादुर छेडाल, सचिवमा एकेन्द्र भण्डारी, सह–सचिवमा राधा विष्ट र कोषाध्यक्षमा डिल्लीराज विनाडी लगायत सदस्यहरु चयन भएका छन्।
नेपाल बुद्धिजिवी परिषद्का कैलाली जिल्ला अध्यक्ष रघुविर भट्टको सभापतीत्वमा सम्पन्न अधिवेशनमा पुर्व मन्त्रि माननीय नारद मुनी रानाको प्रमुख अतिथी रहेका थिए । बिद्यार्थी अतिथीका रुपमा बुद्धिजिवी परिषदका केन्द्रीय हिरा चन्दको उपस्थिती रहेको कार्यक्रममा नेकपा एमाले निवार्चन विभाग सदस्य रण बहादुर चन्द,एमाले सचिव डेजी पाण्डेय लगायतको पनि उपस्थिती रहेको थियो ।