दार्चुला। दार्चुलामा एक वडासदस्य लागुऔषध चरेससहित पक्राउ परेका छन्। व्यास गाउँपालिका वडा नम्बर ५ चुकपानी घर भएका मोहनसिंह विष्ट ६ सय १० ग्राम लागुऔषध चरेससहित सदरमुकाम खलंगाबाट पक्राउ परेका हुन्।
सदरमुकाम खलंगाको विद्यानगरस्थित आफ्नै घरमा राखेको पसलबाट चरेससहित प्रहरीले विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए। प्रहरीले सुराकीको आधारमा पसलबाटै चरेस बरामद गरेको जनाएको छ । विष्टमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।