कैलाली। कैलालीमा होलीको दिन ९० सवारी साधन नियन्त्रणमा लिइएका छन् ।
होलीको दिन आज (शुक्रबार) कैलाली जिल्लामा ट्राफिक नियम उल्लंघन गर्ने ९० सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने, मादक पदार्थ सेवन प्रयोग गरी सवारी चलाउने, हेल्मेट प्रयोग नगरी मोटरसाईकल चलाएका सवारी धनीबाट ९० सवारी साधन नियन्त्रणमा लिइएका हुन् । अधिकाँस मोटरसाईकलहरु नियन्त्रणमा परेका हुन् ।
ति मध्ये मादक पदार्थ सेवन प्रयोग गरी सवारी चलाउने १३ जना र हेल्मेट प्रयोग नगरी मोटरसाईकल चलाउने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकिल सिँहले जानकारी दिए ।
उनले सवारी साधन कारवाही गरेर ५३ हजार बढी राजस्व संकलन भएको जानकारी दिए । यस्तै उच्छृङ्खल तथा अप्रिय गतिविधि गर्ने चार जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढीको पार्कमोडस्थित दशरथ-भीम उद्यानबाट उनीहरुलाइ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

