दार्चुला। दार्चुलामा घाँटिमा गलबन्दी बेरिएर बिहीबार एक बालिकाको ज्यान गएको छ। दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ बांगाबगडस्थित आफ्नै कोठाको झ्यालमा खेल्ने क्रममा गलबन्दी घाँटीमा बेरिएर १० वर्षीया जेनिसा कार्कीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाले गलबन्दीको पासो घाँटीमा अडकिएको अवस्थामा उहाँकी आमाले देखेपछि तत्काल फुकाली जिल्ला अस्पताल पठाइएको र उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।