धनगढी।एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढी शाखाले होली पर्व बनाएको छ। धनगढी पुगेका शाखाका प्रबन्ध निर्देशक दिपेन्द्र चौधरीलाई स्वागत पनि गरिएको छ।
अष्ट्रेलियाको पर्थमा बसेर एक्सपर्टमा कार्यरत चौधरीलाई धनगढी शाखाको प्रबन्ध निर्देशकको पनि जिम्मेवारी दिएको छ । चौधरी एक्सपर्ट धनगढी शाखाले आयोजना गरेको शैक्षिक सेमिनारमा सहभागी धनगढी पुगेपछि उनको शाखा प्रमुख निलम दहित लगायतका कर्मचारीहरुले स्वागत गरेका हुन् ।
होलीको अवसरमा चौधरीको स्वागतसँगै एक आपसमा होली पनि खेलिएको छ । एक्सपर्टमा आयल्स र पिटिई अध्धयन गरिरहेका विद्यार्थीहरु बीचमा होली खेलिएको हो । आगामी चैत ७ गते धनगढीको रुवस होटेलमा शैक्षिक सेमिनारको पनि आयोजना गरिएको छ । धनगढी शाखाका प्रबन्ध निर्देशक चौधरीले सेमिनारमा अध्ययनका लागि विदेश जाने तयारीमा रहेका विद्यार्थीहरु र उनीहरुका अभिभावकहरुलाई सहभागी हुन समेत आग्रह गरेका छन् ।


