अत्तरीया। कैलालीको अत्तरीयामा रहेको जे.के माद्यमिक बिद्यालयले ३० औ वार्शिकोत्सब तथा अभिभावक दिवस मनाएको छ।
कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ अत्तरीयामा रहेको बिद्यालय २०४८ सालमा स्थापना भएको बिद्यालयले एक कार्यक्रमका बिच ३० औ वार्शिकोत्सब तथा अभिभावक दिवस मनाएको हो। बिद्यालयको ३० औ वार्शिकोत्सब तथा अभिभावक दिवसको अवसरमा आज बिहान ११ बजे देखि विभिन्न सांस्कृतिक प्रस्तुति र पुरस्कार वितरण सहित मनाइएको हो। जे.के.सेकेन्डरीका प्रबन्धक निर्देशक प्रेम बहादुर बोगटीको सभापतित्वमा भएको वार्शिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममाप्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्म देव भट्ट रहेका थिए । यस्तै बिद्यालयका प्रिन्सिपल दिपक ओझा, संरक्षक जागृति बोगटी लगायत बिभिन्न बिशिष्ट ब्यक्तीत्वको उपस्थिति थियो।
कार्यक्रममा बिद्यार्थी, अभिभावक, शिक्षक, पूर्व विद्यार्थी, समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको बिद्यालयका प्रिन्सीपल दिपक ओझाले जानकारी दिए। बिभिन्न क्षेत्रमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरणका साथै अतिथीहरुलाई मायाको चिनो प्रदान गरिएको छ।बिद्यालय बिगत देखी नै बिद्याथीहरुलाई अनुसाशन, चरित्र तथा मानवता कायम गर्दै रचनात्मक कृयाकलापमा सहभागी गराउँदै आएको छ ।