धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत मतगणना शनिवार राती देखी जारी छ। कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनको मतगणनाअनुसार अग्रता देवबहादुर बमको छ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार ३८०० मतगणना हुँदा बमले १९७७ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले १४५२ मत पाएका छन्। दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि हिजो शनिवार मतदान भएको थियो। निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो।
बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा १६१५, र सदस्य पदमा इन्दिरा जैशी ८६७, गोपालराज पाठक ७२९, गोमाकुमारी अधिकारी ६४३, घनबहादुर शाह, पदमराज सापकोटा ६४५ , प्रकाश जोशी ५९७ , महेशराज बिष्ट ५१५, माधव चौधरी ५५०, रवि कुँवर ६२३, विश्वनाथ ओझा ६०४, र शिवकुमार जोशी फुलारा ६९१ उम्मेदवार छन्।
लेखा समिति संयोजक पदमा मदनराज ओझा १५५५ तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय १६८७ र सरस्वती वली १४१५ रहेका छन्।
यस्तै कठायतको प्यानलबाट चेतराज ओझा १५८२, उपाध्यक्ष पदमा र उत्तमराज जोशी ७२०, रोम स्वाँर ४८८, केशवराज मिश्र ६८५ , गणेश बम ६३४, गोपाल चौधरी ५४३ , कृष्णबहादुर चौधरी ५९२, जयराज जोशी ६२५, पूर्ण जोशी, उपेन्द्र बिष्ट ६९४, भीमबहादुर बलायर ५९० र राधिकाकुमारी चौधरी ५७० सदस्य पदमा उम्मेदवार छन्। लेखा समिति संयोजक पदमा चेतराज जोशी १५३५ र सदस्य पदमा लक्ष्मीराज पन्त १५२५ र सीता विक १०२७ उम्मेदवार छन्।(केहीको मतगणना नसमेटिएकोमा क्षमा प्राथी छौँ )



