कञ्चनपुर। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले स्थानीय निर्वाचनमा तयारी हुन निर्देशन दिएका छन्।
शनिवार नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले भिमदत्त नगरपालिकाको महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा दलका अध्यक्ष ढकालले आगामी हुन गईरहेको आसन्न स्थानिय निर्वाचनकोलागि तयारी रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। पुर्वमन्त्री समेत रहेका अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले बिकल्पको खोजी गर्नुपर्ने बताए।
अध्यक्ष ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कैलाली र कन्चनपुर गरेर सयौं कार्यकर्ताहरुको सहभागिता रहेको थियो । दलका अध्यक्ष ढकालले प्रशिक्षण दिने क्रममा बोल्दै सत्ता र सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेकोमा दुःख पोख्दै नेपाली जनताले धेरै पीडा पाएको जसले गर्दा नगरिकले गाँस, बास कपास जस्ता न्युनतम आधारभुत आबश्यकता पनि पुरा हुन नसकेकोमा भाबुक बन्दै कथित ठुला भनिने नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने कुरा ब्यक्त गरे ।
तीन घन्टासम्म सन्चालन भएको प्रशिक्षण कार्यक्रमममा नेता ढकलले नेपाल परिवार दल नयाँ विचारका साथ एक बैकल्पिक पार्टीको रुपमा उदाएको पार्टी भएको र यसले सबै खाले बिभेदको अन्त्य गर्दै नयाँ नेपाल निर्माण गर्ने महान अभियानमा अगाडि बढेको पार्टी हो भन्दै उपस्थित सबै कार्यकर्ताहरुलाई नयाँ जोश र जाँगरका साथ अगाडि बढ्नुपर्ने निर्देशन दिए र यसको शुरुवात पनि सुदुरपश्चिमबाट हुने कुरामा विश्वस्थ भए। त्यसैगरी भेलालाई सम्बोधन गर्ने क्रममा केन्द्रीय महामन्त्री प्रकाश बाबु थापाले अबको परिवर्तनको नेतृत्व युवाहरुले गर्नुपर्ने बताउँदै आफ्नो पार्टी युवामैत्री रहेको पनि जिकीर गरे।
यस्तै आजकै कार्यक्रममार्फत कन्चनपुर जिल्ला कार्यसमिति र पीस फोर्स जिल्ला कार्यसमितिको पनि गठन भएको छ। जसमा ३१ सदस्यीय कन्चनपुर जिल्ला कार्यसमितिको अध्यक्षमा प्रेम परियार र १५ सदस्यीय पीस फोर्सको कार्यसमितिको अध्यक्षमा प्रेम राज गिरी निर्वाचित भएका छन् । साथै कार्यक्रममा १सय २० जना महानुभावहरुले अन्य पार्टी छोडी नेपाल परिवार दलमा प्रबेश गरेका छन्। केन्द्रीय सदस्य खडग नगरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा केन्द्रीय सदस्यद्वय शंकर ढकाल, बिष्णु बिक, नेपाल प्रबाशी परिवार भारत दिल्ली राज्य समिति अध्यक्ष मन्जु सेवान लगायतका नेताहरुको सहभागिता रहेको थियो।


