धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत मतदान सकिएको छ। कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको सहकारीको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ सकिएको हो।
सहकारीको नयाँ नेतृत्व चयनका लागि देवबहादुर बम र रतनबहादुर कठायत दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए। निर्वाचन समिति प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको बताए। निर्वाचन समितिका अनुसार आजै रातदेखि गणना पनि सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत बिष्टले जानकारी दिए।
सहकारीको नेतृत्वको लागि रतनबहादुर कठायत कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्।
यस्तै देवबहादुर बमको नेतृत्वका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्। उनको प्यानलबाट लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार छन्।

