धनगढी। धनगढीमा एमसीसीविरुद्ध विरोध प्रदर्शन गरिएको छ। शनिबार कैलालीका विभिन्न स्थानसहित धनगढीमा ६ दलसहितको २ मोर्चाले संयुक्तरुपमा विरोध प्रदर्शन गरिरहेका हुन्।
धनगढी ट्राफिक चौराहबाट सुरु भएको विरोध र्याली पार्कमोडसम्म पुगेर विरोध प्रदर्शन गरिएको हो । राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, एमसिसी चाहिदैन, अमेरीकन सामराज्यवाद मुद्र्धावाद, दलालहरु होसियार , शेरे तेरो पाराले दुःख पायो साराले लगायतका नारा समेत लगाइएको थियो ।
एमसीसी संसद्बाट पारित भएपछि उनीहरुले आफूहरु सडक र विरोधमै रहेको बताएका छन्। एमसीसी नेपालको हित विपरीत रहेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरिरहेका हुन्। विरोध प्रदर्शन कार्यक्रममा युवा संगठनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ।


