बिगत लामो समयदेखि नेपाल विद्यार्थी संघमा निरन्तर लागिरहेका दुई चर्चित नाम हो योगेश जोशि र निर्दिप केसि । नेपाल विद्यार्थी संघ नोबेल कलेज ईकाइ समितिमा कार्यरत भएर आफ्नो भुमिका निर्वाह गर्दै आएका छन्।
विद्यार्थी नेता योगेश जोशि नोबेल कलेज ईकाइ समितिका अध्यक्ष छन्। बिगतमा उनले सचिबको भुमिका निर्वाहा गरेका थिए भने उनी अहिले नेपाल विद्यार्थी संघमा सह-माहामन्त्रिका आकाङ्क्षि हुन। र विद्यार्थी नेता निर्दिप के.सि सचीव हुँदै बरिष्ट उपाध्यक्षको भूमिका निभाएको अनुभव उनी सँग छ र उनी नेपाल विद्यार्थी संघको केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यको आकाङ्क्षी छन्।
बिगतमा नेपाल विद्यार्थी संघमा रहेर विद्यार्थीका मुद्दा,समस्या, र हरेक मोर्चामा अग्रपंक्तिमा खटेर गुणस्तरीय शिक्षा, समातामुलक शिक्षा दक्ष जनशक्ति उत्पादनमा र शैक्षिक सुधारमा सधै पहल गर्दै आएका छन। यसरी विधार्थीका माझ चर्चित बन्न सफल भएका छन । नेपाल विधार्थी संग केन्द्रीय कमिटी नै कोमाम भएको बेला भुईमा रहेर चाहे ती बिगतको ओलि सरकारका अनैतिक र गलत किर्याकलप बिरूद्व होस वा कलेजमा रहेका बेतिथिलाई अन्तय गर्न सधैं डटेर सडक होस वा विद्यार्थीको थलो देखि सङ्घर्ष गर्दै आएका पात्र हुन।
कोरोना माहामारिमा विधार्थीको भविष्यनै अन्यवेल र डामाडोलमा भएको बेला पोखरा विश्वविद्यालयमा निरन्तर दबाब र विश्वविद्यालय सँग समन्वय गर्दै शैक्षिकसत्रलाई चलयमान बनाउन महत्त्वपूर्ण भुमिका रहेको थियो । पोखरा विश्वविद्यालयमा बैकल्पिक परिक्षाको जोडगर्दै अनलाइन परिक्षा बनाउन भर्चुअल माध्यामबाट सबै विद्यार्थी, पोखरा विश्वविद्यालयका पदाधिकारी र सम्बन्धित सबै कलेजलाई समेटेर पोखरा विश्वविद्यालयलाई नेतृत्व गर्दै अनलाइन परिक्षा बनाउन सफल रहेको र महत्त्वपूर्ण भूमिका रहेको कुरा सबै विधार्थीलाई सर्वविदितै छ।
बाटो बिराएको नेपाल विधार्थी संघलाई सहि दिशामा लाग्नुपर्छ भनेर निरन्तर आवाज उठाउन कहिलै पछि हटेनन्। सङघर्षको मैदानमा अहोरात्त्र खटिने यी दुई जुझारु विधार्थी नेता एक अर्काको परिपुरक जस्तै मानिन्छन। बिगत लामो समयदेखि नेपाल विधार्थी संघको विधान कार्यान्वयन हुनुपर्छ विधार्थीको नेतृत्व विधार्थीबाट नै स्थिापित हुनुपर्छ भनेर निरन्तर दबाब र पैरवी गरिरहेका छन। पछिल्लो अबस्थामा नेपाल विधार्थी संघ केन्द्रीय कमिटीनै निष्क्रिय भएको बेलापनि नेपाल विद्यार्थी संघको मुटु मानिने कलेज कमिटीहरू भताभुङ्ग भएको बेला आफ्नो एकल प्रयास र सामर्थ्यमा दिनरात अहोरात्त्र खटेर संगठन जिवन्त र जिवित राख्ने काममा कहिले पछि नहटेको उनको भनाई छ। यस्को मुल्यांकन उच्च रूपमा हुनुपर्छ । विधार्थीको नेतृत्व भनेको विधार्थीको मानसिकता बुझ्ने विधार्थीहरूको भावनासँग परिचित हुने नेतृत्व अहिलेको आबश्यकता हो नकि ५०/५२ वर्षको नेताको खल्तीबाट बनेका अपरिचित अनुहारले नेपाल विधार्थी संघलाई जिवन्त र चलायमान बनाउने कुरामा हामि विश्वस्त छैन्।
अब नेपाल विधार्थी संघमा लगनशील, मेहनति, सङगठको लागि त्याग गरेको नेपाल विधार्थी संघको कुनै न कुनै तह र तप्कामा रहेर अनुभव बटुलेका विधार्थी नेतालाई नयाँ आउने केसि र जोशि जस्ता कर्मठ नेतालाई समेटेर केन्द्रीय कमिटीमा सामेल गरे ने.वि.संघ ससक्त, बलियो, र विधार्थीमाझ चर्चित हुने कुरामा विश्वस्त छन्। यतिबेला सर्वत्र अथवा चैतर्फि सुनिने दुई नाम हुन योगेश जोशी र निर्दिप के.सी यी दुबै पात्र भूईबाट संघर्ष गरेर आफ्नो नामलाई आफुले गरेको संघर्ष र त्याग बाट आफ्नो नाम स्थापित गर्न सफल भएका हुन। जसको नाम आज विद्यार्थीको मुखमा गुन्जी रहेको हुन्छ र आम विद्यार्थीको चाहाना पनि छकी वास्तविक विद्यार्थीका सारथि बन्ने यस्ता पात्र नेपाल विद्यार्थी संघको केन्द्रिय कमिटीमा अटाउन पर्छ भन्ने आम विद्यार्थीको माग र भवन छ र पार्टीले सच्चिकै काम गर्ने ई कर्मठ कर्मि विधार्थी नेतालाई स्थान दिनुपर्छ। भन्ने भावनाको कदर हुने कुरामा आम विद्यार्थी आशवादी छन।

