धनगढी। कैलालीमा हत्या गरेको अवस्थामा भेटिएका भारतका कुल्दीप गुप्ताको हत्यामा संलग्न २ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २ जना नेपाली नागरिकलाई पक्राउ गरि आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडदहका राजेन्द्र बुढा र भुपेन्द्र बुढालाई पक्राउ गरी गरिएको हो। दुबै जनाले मिलेर कुलदीप गुप्ताको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँईस्थीत जाँई-शिवनगर सडकनजिकै फागुन २३ गते सोमबार बिहान केराबारीमा भारतको उत्तर प्रदेशको साहजापुरका ४२ वर्षीय पुरुषको शव फेला परेको थियो । बाटो हिँड्ने एक युवतीले सोमबार बिहान पौने १० बजेतिर युवकको शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले गुप्ताको हत्या भएको निष्कर्ष निकालेको थियो। गुप्ता भारतबाट धनगढी शिवपुरी धाम नजिक डेरा गरेर बस्दै आएका प्रहरीले जनाएको छ ।

