धनगढी। नेपाल प्रवाशी परिवार भारतको आयोजनामा महिला दिवस भारतमा मनाइएको छ । १ सय १२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल प्रवाशी परिवार (भारत) को आयोजनामा भारतस्थीत दिल्लीको भिलमिलामा मनाइएको हो।
सामाजिक न्याय र लैङ्गिक समानता,दिगो बिकासको सुनिश्चितताझभन्ने नाराको साथ ११२ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको हो।
देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण आमा, दिदी-बहिनिहरुमा शुख, शान्ती, समृद्धि महिला अधिकार र शसक्तिकरणको लागि शुभकामना आदर प्रदान कार्यक्रम दिल्लीको भिलमिलामा भएको नेपाल परिवार दलका सयोजक खडक नागरीले जानकारी दिए।
कार्यक्रममा नेपाल प्रवाशी परिवार (भारत) को आयोजनामा दिल्ली राज्य समितिकि सयोजक मन्जु सेवा माया बिक, दिल्ली राज्यका बरिस्ठ सामज सेवा महिला अधिकारकर्मि दर्शना सजदेवा , सपना बेल्चा ज्योति गिरी, नेपाल परिवार दलकि केन्द्रीय सदस्य बिष्णु बिके पार्टीका सयोजक खडक नागरी, पिस फोर्सका केन्द्रीय सदस्य लगायतको सहभागिता रहेको थियो। साथै प्रवाशमा बसेका सम्पुर्ण नेपाली दिदिबहिनीको सहभागीता रहेको थियो।

