धनगढी। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कैलाली बहुमुखी क्याम्पसका कानुन संकायका विद्यार्थीद्धारा आयोजित गोष्ठी सम्पन्न भएको छ।
१ सय १२ औं अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व संध्यामा कैलाली बहुमुखी क्याम्पसका बी ए एल एल बी दोस्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा भेदभाव “जन्य व्यबहार र सामाजिक न्यायः सुदुरपश्चिम प्रदेशको सन्दर्भ” विषयक छलफल गोष्ठी सम्पन्न भएको हो।
गोष्ठीमा सुदुरपश्चिम प्रदेशको भेदभाव जन्य व्यबहार र सामाजिक न्यायको अवस्थाका बारेमा गराईएको थियो । प्रदेशमा पछिल्लो तीन बर्षमा भएका जातिय विभेद र छाउपडी प्रथाका बारेमा तथ्याङ्क प्रस्तुत गरिएको छ। भने प्रदेशमा जातिय विभेदजन्य घटना र छाउपडी कुप्रथा हटन नसक्नुका बारेमा छलफल गरिएको छ । सो गोष्ठीमा कैलाली क्याम्पसमा स्नातक तहका मानविकी संकाय अन्तरगत सामाजिक कार्य , आमसञ्चार र बीए एलएल बी प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो गोष्ठीले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा र जातिय विभेदका घटना बढ्नुका कारणहरु समाजमा रहेको रुढीवादी परम्परा , शिक्षाको कमी , दोषीलाई राजनितिक संरक्षण, कानुनी ज्ञान कमी र कार्यान्वयन गर्ने संयत्र कमजोर हुनु , जनचेतनाको कमी लगाएत रहेको निष्र्कष निकालेको छ । भने सहभागीहरुले आआफ्नो तर्फबाट समाजमा सचेततना फैलाउने संकल्प गरेका छन्।
सोमवार कैलाली क्याम्पसका बीए एलएल बी दोस्रो सेमेष्टरका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा सोही क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्याय प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख उपाध्यायले समाज रहेका विभेदजन्य घटनाहरु निर्मुल पार्न विद्यार्थीहरुको भुमिका महत्पुर्ण रहेको बताए । सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथा निर्मुल गर्न शिक्षाको महत्वपुर्ण भुमिका रहने उनको भनाई छ । शिक्षा र जनचेतना विना समाजमा रहेका कुनै पनी कुप्रथा उल्मुलन हुन नसक्ने उनले बताए ।
क्याम्पसकै मानविकी संकायका प्रमुख हरिराम चोधरीले अध्यक्षता गरेको कार्यक्रममा बीए एलएल बी अध्यापन गराईरहेका उपप्राध्यापक मानबहादुर जोरा, सह प्राध्यापक प्रयागराज जोशी लगाएत अथितिकारुपमा रहेका थिए। भने कार्यक्रमको सल्लाहसुझाव अधिवक्ता सिमा धामीले गरेकी थिईन् । उक्त गाष्ठीको सञ्चालन बी ए एल एल बी दोस्रो सेमेष्टरमा अध्यनरत निर्मल जोशी र बिपना ऐरले गरेका थिए । भने तेज मल्ल र सम्पदा जोशीले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा स्वागत मन्तब्य शिवचरण चौधरी र सहभागीहरुलाई निशा कठायतले धन्यवाद ब्यक्त गरेका थिए ।


