धनगढी। कैलालीको धनगढीमा एक जना पुरुषको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँईमा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाँईस्थीत जाँई-शिवनगर सडकनजिकै केराबारीमा अन्दाजी ३३ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
मृतकको घाँटीमा चोटपटक लागेको र हत्या आशंकामा डग स्न्यापिङ गरिरहेको उनले बताए । प्रहरी नायब उपरीक्षक जोशीका अनुसार सोमबार बिहान १० बजे उनको शव नालीमा फेला परेको हो। पहिचान हुन सकेको छैन् । यसबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


