धनगढी। कैलालीमा डिउटीमा खटिएका प्रहरीले आफैलाई गोली हानेका छन् । प्रहरी चौकी कालाकुण्डा कैलालीका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याकोे प्रयास गरेका छन् ।
डिउटीका क्रममा रहेक झंकर बोहराले १२ बजे तिर आफैले बोकेको एसएलआर चिउडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रशाद जोशीले जानकारी दिए । प्रहरी प्रवक्ता जोशीले बिभिन्न समस्या लगायतका कारणले पनी आफुले आफैलाई गोली हानेको हुनसक्छ, यो कारणले गोली हानेको हो भन्ने कुरा अहिले भनीहाल्न सकिदैन् अनुसन्धान गर्छौँ, उनले भने।
उनले चौकीमा राति आत्महत्याको प्रयास गर्दा बन्दुक पड्केको हुनसक्ने आशंका प्रहरी स्रोतको आशंका छ। गोली लागि घाईते प्रहरी बोहराको टीकापुर अस्पताल लगिएकोमा टीकापुर अस्पतालले बिहान कोहलपुर मेडिकल अस्पतालमा र त्यहाँ उपचार हुन नसकेपछि नेपाल प्रहरीको अस्पताल काठमाडौंमा उपचार भैरहेको बताए । उनी खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ। अहिले बोल्न सक्ने भएको बताईएको छ ।

