दार्चुला। नौगाड गाउँपालिका चिनेगौडा ढोलेमा एक पुरुष मृत फेला परेका छन् ।
नौगाड गाउँपालिका–५ साउकेबगर बस्ने ३१ वर्षीय गोविन्दराम टमाटा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रहरीका अनुसार उनी बिहीबार नौगाड गाउँपालिका–५ स्थित होपरीमा भलिबल प्रतियोगिता हेर्न गएका तथा राति अबेरसम्म घर नफर्किपछि आफन्तहरुले खोजी गर्दा चिनेगौडा ढोलेमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले बताए । उनका अनुसार उनी चिनेगौडा ढोलेक्षेत्रबाट झण्डै २०–२२ मिटर तल खसेको अवस्थामा फेला परेका थिए ।