कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल चोरी गरेको आरोपमा २ जना युवक पक्राउ परेका छन्।
मंगलबार लालझाडी गाउँपालिका–६ का शिवभक्त मिश्रको घरबाट मोटरसाइकल चोरी भएपछि खोजी गर्ने क्रममा मिश्रको मोटरसाइकलसहित ती युवकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–२ उल्टाखाम बस्ने २० वर्षीय प्रवेश जोशी र बेल्डाडी गाउँपालिका– १ का हर्क निरौला रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनीहरुको साथबाट चोरी भएको सुपप्र ०२००३ प ३६३६ नम्बरको मोटरसाइकल र म२प ५२१८ नम्बरको स्कुटर बरामद पनी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

