धनगढी। नेकपा माओवादी केन्द्र धनगढी १९ को सम्पर्क कार्यालयको उदघाट्न गरिएको छ। मङ्गलबार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र धनगढी उपमहानगरपालीका वडा नम्बर १९ को सम्पर्क कार्यालय फुलवारी टाउनमा उदघाट्न भएको हो।
एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालीका वडा नम्बर १९ को सम्पर्क कार्यालय उदघाट्न गरिएको नेकपा माओवादी केन्द्रका नेता रमेश भट्टराईले जानकारी दिए । सम्पर्क कार्यालयको उदघाट्नपछि पार्टिका बिभिन्न कामकाज गर्न सहज हुने अपेक्षा लिइएको छ।उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र सुदुरपस्चिम प्रदेश कमिटी सदस्य राधाकृष्ण अधिकारी प्रदीप,धनगढी उप महानगर कमिटी सचीव रमेश भट्टराईको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै धनगढी उपमहानगर कमिटी सचीव भट्टराईले सम्पर्क कार्यालयबाट पार्टीका सबै गतिविधि हुने र जनता समस्या गुनासाहरु पनि सम्बन्धि विभिन्न समस्याहरुको पहिचानगरि समाधान पनि हुने कुरा जानकारी गराएका छन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र निकट नेता तथा कार्यकर्ताको उपस्थीत रहेको थियो।