कैलाली। कैलालीमा १३ किलो लागुऔषध चरेस सहित एक जना पक्राउ परेका छन्। कैलालीको चुरे गाउपालिका ५ लिसबेलीका ७० वर्षीय आइते जाग्री १३ किलो लागुऔषध चरेशसहित पक्राउ परेका हुन्।
आज दिउसो ३:४० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको संयुक्त टोलिले चुरे गाउपालिका ५ लिसबेलीमा रहेको जाग्रीको घरमा खान तलासी गर्दा १२ पोका कालो प्लाष्टिकमा बेरेको १३ किलो लागु औषध चरेस बरामद गरेकोहो।
लागुऔषध चरेशसहित पक्राउ परेका जाग्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपि वेद प्रकाश जोशीले जानकारी दिए । जाग्रीलाई नियन्त्रणमा लिई थप कारबाहीको लागी ईलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा राखिएको छ ।


