धनगढी। धनगढीस्थीत नवजीवन अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । धनगढी वडा नम्बर ४ मा रहेको अस्पतालले आफ्नो १६ औं बार्षिकोत्सवको अवसरमा फागुन १७ देखि २७ गतेसम्म निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको हो ।
अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर विदुरमणि ढकालले निशुल्क क्याम्पमा फागुन १७ गतेदेखि निःशुल्क शिविरको आयोजना गर्ने जानकारी दिए। निशुल्क स्वास्थ्य शिविरमा नवजात शिशु तथा बालरोग सम्बन्धी, छाला तथा यौन रोग सम्बन्धी र मानसिक तथा नशा रोग सम्बन्धी सेवाहरु दिईने छ ।अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागेको जनाएको छ ।थप जानकारी 


