कञ्चनपुर। कञ्चनपुरमा गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैया गाउँ पसेको जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो ।
शनिबार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएको थियो।त्यसपछि प्राकृतिक वासस्थान लालझाडी बन क्षेत्रमा फर्काउन बन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूले उक्त दिनभर प्रयास गरेपनि उखु खेत भित्र पसेएको थियो । जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको हो।
जङ्गली हात्ती सोही क्षेत्रमा मृत अवस्थामा फेला परेपछि बन कर्मचारी र नेपाल प्रहरीको टोलीले घटनास्थलको मुचुल्का तयार गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए। उनका अनुसार करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुन सक्ने अनुमान गरिएको छ ।


