धनगढी । प्रहरीले कैलालीमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहाँ नगरपालिका-८ गप्का बस्ने ३९ बर्षीय गोपी ओखेडालाई प्रहरीले लागूऔषध (खैरो हिरोईन) सहित पक्राउ गरेको हो ।
लागूऔषध कारोबार गरिरहेको छ भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको घर पसल रित पुर्बक खान तलासी गर्दा घर पसलबाट ३ ग्राम ३६० मिलिग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साथै उनको साथबाट ५० हजार ५सय ३० रुपैयाँ, ५ थान मोबाइल, ५ थान घडी, कैची एक थान र तौल गर्ने डिटल काटा एक थान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ । लागु औषध (खैरो हिरोईन) सहित निम्न जिन्सी नगद तथा लागु औषध कारोबारसंग सम्बन्धित दसी प्रमाण सहित निज गोपी ओखेडालाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


