धनगढी। सोमबार धनगढीको एक रेष्टुेण्टबाट उद्धार गरिएका तिन किशोरीले आफुखुसी काम गर्न आएपनी दबाबमा राखेको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा बन्धक बनाएर राखेको भनिएका तीन किशोरी आफु खुसी रेष्टुरेन्टमा काम गर्न आएको बुझिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए ।
डिएसपी जोशीले भने तीन जना किशोरीहरु र रेष्टुरेन्ट सञ्चालक बिच भएको सम्झौता अनुसार उनीहरु आफु खुसी रेष्टुरेन्टमा काम गर्न आएको र शर्त अनुसार बाहिर काम गर्न जान नपाईने भएकाले सञ्चालकले जान नदिएको हुदा किशोरीहरुले बन्धक बनाएर राखेको भनी गुनासो गरी सोधपुछबाट बुझिएको बताए । एक अनुसन्धान संस्थाले सोधपुछको क्रममा सो घटना बाहीरीएको उनले बताए ।
रेष्टुरेन्टका सञ्चालनले आफू बाहिर जाँदा ताला लगाएर जाने गरेको र ५ महिना देखीकाम गर्ने तर तलब नपाएको बुझिएको डिएसपी जोशीले भने । धनगढी उपमहानगरपालिका ४ रातोपुलमा रहेको टिनटिन बार एण्ड रेष्टुरेन्टमा सोमबार छापा मारेको थियो । बारमा तीन किशोरीलाई सात महिनादेखि बन्धक बनाएर राखेको गुनासो आएपछि प्रहरीले उक्त बारमा छापा मारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट डिएसपी रविन विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको थियो । यता रेष्टुरेन्ट सञ्चालक भने प्रहरीको नियन्त्रणमा रहेको डिएसपी जोशी जानकारी दिएका छन्।


