धनगढी। धनगढीमा एमसीसीविरुद्ध विरोध प्रर्दशन गरिएको छ। सरकारले आइतबार अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश गरेपछि धनगढीमा विरोध प्रर्दशन गरिएको हो। सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभाको बैठकमा टेबल गरेका हुन्।
प्रमुख प्रतिपक्षी दल र केही सत्तारुढ दलहरुकको विरोधका बीच एमसीसी संसदमा टेबल भएको हो। एमसीसी प्रतिनिधिसभामा टेबल भएपछि सुदूरपश्चिमाञ्चल क्याम्पस धनगढीमा अध्यनरत विद्यार्थीहरुले पनी विरोध प्रर्दशन गरेका हुन्।
नेकपा (विप्लव), नेकपा मसाल, नेकपा क्रान्तिकारी माओवादी, बैज्ञानिक समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र (समाजवादी) र ऋषि कट्टेल नेतृत्वको नेकपा तथा राष्ट्रिय जनमोर्चा एवं देशभक्त जनगणतान्त्रिक मोर्चाको संयुक्त आह्वानमा विरोध कार्यक्रम भएको थियो ।
दुई मोर्चा र छ वटा दलको संयुक्त आह्वानमा आइतबार धनगढीस्थित मुख्यमन्त्री कार्यालय देखी पार्कमोड हुँदै जिल्ला प्रशासन कार्यालयसम्म उग्र नारासहित विरोध प्रदर्शन भएको छ ।उनीहरुले “एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन”, “विदेशी हस्तक्षेप बन्द गर” लगायतका नारासहित प्रदर्शनकारीहरुले विरोध जुलुससंगै जिल्ला प्रशासन कार्यालय अगाडी पुगेर धर्नासमेत दिएका थिए। “यो (एमसीसी) संसदबाट पारित भयो भने नेपाल नवऔपनिवेशतर्फ उन्मुख हुने नेकपा (विप्लव) का केन्द्रीय नेता ओमप्रकाश पुनले बताए ।
बाहिरी रुपमा हेर्दा अनुदान जस्तो देखिए पनि यो अमेरिकी सैन्य रणनीति अनुसारको लगानी हो ।एमसीसी पारित हुँदा नेपालमा अमेरिकन सेनाको रणनीतिक प्रभूत्व बढ्ने उनले दाबी गरे। अहिले आम जनताले यसबारे धेरै कुरा थाहा पाएका छैनन्, त्यसैले राष्ट्रवादी र देशभक्त राजनीतिक दलका साथै बुद्धिजीवी, विश्लेषकहरु सबैले यसको दुरगामी नकारात्मक असर बारे जनतालाई जानकार गराउँदै यसलाई असफल पार्न सम्पूर्ण शक्ति लगाउनु पर्छ । उनले एमसीसीलाई असफल पार्न अझ कडा खालका आन्दोलनका कार्यक्रम अघि सारिने बताए । भने– सरकार र सत्तारुढ दलहरुले जबरजस्ती पारित गर्न खोजे भने मुलुक मुठभेडको दिशामा अघि बढ्ने खतरा छ । अनिश्चितकालीन आमहडताल जस्ता कडा आन्दोलन अघि बढ्नसक्छ ।
यस्तै राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले एमसीसीको विषयमा राष्ट्रिय जनमोर्चाले सुरुदेखि नै एमसीसीको खारेजीमा जोड दिइरहेको बताए। एमसीसी जुनबेला संसद सचिवालयमा दर्ता भयो। त्यसपछि हाम्रो पार्टीको त्यसमा ध्यानाकर्षण भएको उनले बताए । उनले संसदबाट एमसिसी पारित भए नेपालको सार्बभौमसत्ता र अखण्डता कमजोर हुने उनले बताए । उनले सत्ताधारीदललाई प्रश्न गरे अमेरीका सँग ५५ अर्ब मागेर देशको सार्बभौमसत्ता र अखण्डतालाई अमेरीकालाई सुम्पीन मिल्छ ? मिल्दैन उनले भने । उनले भने हाम्रो देशको मुल्य ५५ अर्बको होइन् । हाम्रा पुर्खाहरुले बनाएको देश हो । उनले भने ५५ अर्बको लोभमा कुनैपनी सम्झौता अमेरीकासंग गर्नुहुन्न।भिडीयोकालागी यहाँ तल क्लीक गर्नुहोस
https://www.facebook.com/supamedia01/photos/gm.1076899202878260/478565877184070


