धनगढी। सिद्धबाबा सामुदायिक बन उपभोक्ता समुहको चौथो बार्षीक साधारण सभा धनगढीमा सम्पन्न भएको छ।
शनिवार धनगढी उपमहानगरपालीका १५ स्थीत कनरीमा सिद्धबाबा सामुदायिक बन उपभोक्ता समुहको प्राङ्गण परिसरमा नियमित बार्षिक साधारण सभा सम्पन्न भएको हो। बार्शिक साधारण सभाको अध्यक्षमा केशव राज जोशी सभापति रहेका थिए । यस्तै धनगढी उपमहानगरपालीका वडा नम्बर १५ का अध्यक्ष फुल राम चौधरीको प्रमुख अतिथी रहेका थिए।
सब डिभिजन बन कार्यालय फुलबारी का प्रतिनिधिको विशिष्ट अतिथि सामुदायिक बनका पुर्ब अध्यक्ष रतन खातीको अतिथिमा विभिन्न निर्णय गरिएको माओवादी केन्द्रका नेता रमेश प्रसाद भट्टराईले जानकारी दिए ।साथै बार्षीक साधारण सभाको अवसरमा न्यानो कम्बल बितरणका साथै विद्यार्थीहरुलाई झोला बितरण गरिएको थियो । भने समाजका बिविन्न बेक्तीहरुलाई सम्मान समेत गरिएको जनाइएको छ ।


