धनगढी। नेपाल परिवार दलले धनगढी उपमहानगरपालिका वडा नम्बर १ को वडा समिति गठन गरेको छ। शनिवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा बिष्णु बुढाको अध्यक्षतामा ३३ सदस्यीय वडा समिति गठन गरिएको हो।
अध्यक्षमा बिष्णु बुढा चयन भएका छन्। यस्तै उपाध्यक्षमा श्याम नेपाली, उपाध्यक्षमा कुलदिप मिश्रा, सचिवमा भिवा सिलाधर, सह–सचिव देविका परियार चयन भएका छन्। यस्तै कोषाध्यक्षमा सितल नेपाली चयन भएका छन्। यस्तै सदस्यहरुमा आशिष नेपाली, सिता पुरी, प्रकाश तिरुवा, मिना चौधरी, रिता बिक, श्रृटि सिजापति, टिक चौधरी र मिराज साइन चयन भएको पार्टीका सुदूरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल परिवार दलका सुदुरपीश्चम सयोजक खडक नागरी, बिशिस्ट अतिथि जिल्ला अध्यक्ष विशाल चौधरी केन्द्रीय सदस्य बिष्णु बिके, प्रदेश सदस्य सीता पाठक, सोनिया सिलाधर, पिस फोर्सका केन्द्रीय नेपाल महिला परिवारकि नेतृ इन्द्रा राना, सदस्य अजय जैरू, पिस फोर्सका जिल्ला उपाध्यक्ष रितिक आचार्य, परिवार दलका वरिष्ठ सल्लाहकार योगेन्द्र चन्द लगायतको कार्यक्रममा सहभागी रहेको युवानेता अजय जैरुले जानकारी दिए ।
नेपाल परिवार दलद्धारा धनगढी वडा न १ मा ३३ सदस्यीय वडा समिति गठन
नेपाल परिवार दलद्धारा धनगढी वडा न १ मा ३३ सदस्यीय वडा समिति गठन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

