कैलाली। कैलाली र कञ्चनपुरबाट भालुको पित्त र यार्सागुम्बा सहित १ जना पक्राउ परेका छन्। बिषेश सुचनाको आधारमा तालुक सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलाली धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट सयुक्त खटीएको प्रहरी टोलीले कैलाली र कञ्चनपुरबाट भालुको पित्त र यार्सागुम्बा सहित १ जनालाई पक्राउ गरेको हो ।
जुम्ला जिल्लाको कनिकासुन्दरी गाउँपालीका ३ का ५७ बर्षीय बिर्ख धामीले भालुको पित्तको कारोबार गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा संयुक्त प्रहरी टोलीले कञ्चनपुर कृष्णपुर नगरपालीका ४ स्थित बनदेवी मन्दिरबाट अन्दाजी १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बा फेला पारेको हो ।
यस्तै थप अनुसन्धान गर्दै जांदा कैलाली गोदावरी नगरपालीका २ बाट धामीकै डेरा कोठाबाट थप ५०० ग्राम यार्सागुम्बा फेला पारेको प्रहरीले जनाएको छ । जम्मा ५२५ ग्राम यार्सागुम्बा,निज बिर्ख धामी र १५० ग्राम भालुको पित्त समेत थप अनुसन्धानकोलागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको जनाइएको छ।

