धनगढी। नेपाल बैंक कर्मचारी संघ सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशन सम्पन्न भएको छ । शनिवार अनलाईन जुम मिटीङ मार्फत गरिएको नेपाल बैंक कर्मचारी संघ(NEBEA) सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशन सम्पन्न भएको आयोजकले जानकारी दिएको हो।
सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशनले १३ सद्स्य प्रदेश कमिटी साथै जिल्ला कमिटी गठन गरिएको जनाइएको छ ।शनिवार कोभिड र भौगोलिक विकटताका कारण अनलाईन जुम मिटीङद्वारा नेपाल बैंक कर्मचारी संघ (NEBEA), सुदुरपश्चिम प्रदेशको दोश्रो अधिवेशन प्रमुख अथिति NEBEA केन्द्र कमिटीका अध्यक्ष नबराज लम्साल, बिशेष अथिती महासचिब अनिल उपाध्याय, अथितिहरु लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष पीटर अधिकारी, कर्णाली प्रदेश कमिटी अध्यक्ष प्रदिप शर्मा समेतको उपस्थितिमा भब्य रुपमा १३ सद्स्य प्रदेश कमिटी साथै जिल्ला कमिटी गठन बताइएको छ।
जसको अध्यक्षमा सन्तोष रोकाया (धनगढी शाखा), उपाध्याक्षमा लोमस प्रसाद भट्टराई (टिकापुरशाखा) सचिब : भरत भट्ट (डडेल्धुरा शाखा) सह सचिब : अमृत थपा (धनगढी शाखा) कोषाध्यक्ष: दिपा चन्द(धनगढी शाखा) सह कोषाध्यक्ष: हेमा भट्ट (अत्तरिया साखा) सदस्यहरु : पुजा चौधरी ( डडेल्धुरा शाखा) पद्मा योगि (महेन्द्रनगर शाखा ) सुदिक्षा पाल (धनगढी शाखा ) यशोदा पौडेल( लम्की शाखा ) निकिता बडु(डडेलधुरा शाखा ) सृजना पन्त( दार्चुला शाखा ) निर्मल कुमार मडै( डडेलधुरा शाखा )चयन गरिएका छन् ।
यस्तै जिल्ला अध्यक्षहरुमा कैलाली: निर्मला भट्ट टिकापुर, कंचनपुर: बिनोद भट्ट – महेन्द्रनगर, डडेलधुरा: कलावती धामी – डडेलधुरा, अछाम : योगिता चौधरी साँफेबगर, दार्चुला : बिमला कापडी – दार्चुला, बाजुरा: हेम कुमार पाल- बाजुरा चयन गरिएका छन्। नेपाल बैक कर्मचारी संघ सुदुरपश्चिम प्रदेश तथा जिल्ला कमिटिको नव गठित सम्पुर्ण साथीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरिएको छ । साथै संस्थागत हकहित र कर्मचारीको हकहित को लागि हाम्रो टिमले राम्रो काम गर्नका लागि तपाईंहरु सबैको सहयोगको अपेक्षा गरेका छन् । कार्यक्रमलाई सफलता पुर्बक सम्पन्न गर्नका लागि सहयोग गर्नुहुने सम्पुर्ण नेबिया कर्मिहरुलाई सुदूरपश्चिम प्रदेश कमिटीका पूर्व उपाध्याक्ष विनोदराज जोशीले धन्यवाद ब्यक्त गरेका छन्।