बाजुरा। बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीयले लगाएको ताला चार दिनपछिद्ध खुलेको छ। स्थानीयले प्रमुख प्रशासकीय अधिकृत नहुँदा वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता नपाएको,बाल पोषण भत्ता र योजनाको रकम भुक्तानी रोकिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको माग राख्दै स्थानीयले ताला लगाएका थिए।
बिहीवार नगर कार्यपालिका र आन्दोलनरत स्थानीय बीच विभिन्न सहमतीपछि ताला खोलिएको हो । बिहीबार बहुमतको कार्यपालिका सदस्यहरुसंग कार्यबहाक नगर प्रमुख तारा खाती र स्थानीयको वार्तापछि ताला खोलिएको जनाइएको छ।


