काठमाडौँ। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दललाई दल दर्ताको लागि आह्वान गरेको छ।
अगामी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनमा भाग लिन राजनीतिक दललाई आयोगले सार्वजनिक सूचनामार्फत आह्वान गरेको हो।आयोगले बिहीबार उक्त सूचना प्रकाशित गर्दै दललाई औपचारिक रुपमा निर्वाचनमा सहभागिता जनाउन आह्वान गरेको हो।
आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालका अनुसार फागुन १५ सम्म दल दर्ताका लागि समय सीमा तोकिएको छ। ११ दिनभित्र आयोगमा दल दर्ता गर्नु पर्नेछ। ०७४ सालको स्थानीय तहको निर्वाचनमा ८० दल सहभागी थिए।


