धनगढी। नेकपा माओवादी केन्द्र निकट अनेरास्वीयु क्रान्तीकारी र वाइसियल नेपाल सुदुरपश्चिमले आज धनगढीमा बिरोध प्रर्दशन गरेको छ।
नेकपा (माओवादी केन्द्र) को भाद्री संगठन वाईसीएल नेपाल, अखिल (क्रान्तिकारी) लगायत जनवर्गीय संगठनहरुको आयोजनामा संयुक्त रूपमा एमसिसी खारेज गर्ने उदेश्य सहित धनगढीमा भएको प्रदर्शन गरेका हुन्।
यथास्थीतीमा एमसिसी टेवल गर्ने राष्टबादी कदम बिरुद्ध धनगढी चौराह देखी जिल्ला प्रसासन कार्यालयसम्म बिरोध प्रर्दशन गर्दै जिल्ला प्रसासन कार्यालय कैलाली घेराउ गरेका छन् । एमसिसी टेवल गर्ने राष्टबादी कदम बिरुद्ध उनीहरुले एमसिसि चाहीदैन, देश बेच्न पाइदैन, राक्ष्टघाती कदम खारेज गर लगायतका नारा लगाएका थिए । कार्यक्रममा बिभिन्न नेता तथा कार्यकर्ताले सम्बोधन गरेको नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटि सचिव रमेश प्रशाद भट्टराइले जानकारी दिए ।





