कैलाली। कैलालीको लम्कीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ। कैलालीमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाली सेनाको टोलीले प्रेसर कुकर बम जस्तो देखिने उक्त शंकास्पद वस्तु डिस्पोज गरेको र उक्त वस्तु बम नभएको प्रहरीले जनाएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ स्थित धोविनी खोलाको पुलमा कालो टेपले तार बाँधिएको प्रेसर कुकर फेला परेको थियो।


