कैलाली। नेपाली काँग्रेस कैलालीको अधिवेशन तय भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ।
पटकपटक स्थगित हुँदै आएको नेपाली काँग्रेस अधिवेशन फागुन १३ मा अधिवेशन गर्न केन्द्रको निर्देशन अनुसार कैलाली काँग्रेसमा पनी आन्तरिक चुनावी सरगर्मी बढेको हो। नेताहरु उम्मेदवारी घोषणा गर्दै मतदाता रिजाउन अहिले घरदैलो कार्यक्रममा जुटेका छन्।
कतीपय नेताहरुले सभापति देखि सचिवसम्मका पदमा उम्मेदवारी घोषणा तथा आ-आफ्नो तथा दावी गरिरहेका छन् । मंगलबार मात्रै नेपाली काँग्रेस कैलालीका कार्यवाहक सभापति प्रकाश बमले दोस्रो पटक पत्रकार सम्मेलन गर्दै जिल्ला सभापतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाली काँग्रेस कैलालीकोजिल्ला सभापतिका लागि अहिलेसम्म बमसहित ७ जना नेताहरु चुनावी मैदानमा उत्रिने संकेत देखिएको छ। संस्थापन अर्थात शेरबहादुर देउवाका पक्षबाट अहिलेसम्म ६ जना उम्मेदवार देखिएका छन् जिल्ला सभापतिका दाबेदार भीम बडुवालले पनि पार्टीको हितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
कैलालीको जिल्ला सभापतिका लागि बम र बडुवालसँगै शेरबहादुर देउवाकै पक्षबाट नारायणदत्त भट्ट, प्रकाश बम, खेमराज चौधरी, गणेश देउवा र नवराज रावलले चुनाव लड्ने बताएका छन्। यस्तै जिल्ला सभापतिका लागि कोइराला पक्षबाट भने रामबहादुर कलेल चुनावी मैदान उत्रिने देखिएका छन्। यस्तै जिल्ला उपसभापतिमा लोकराज पाण्डे ‘आगो’, प्रकाश देउवा, रामप्रसाद चौधरी र तेजशंकर भट्टले इच्छा देखाएका छना्। सचिव पदका लागि अमृत विसी,नृप सुनार, केशव मिश्र, कृष्ण पाण्डे, थर्कबहादुर शाह, र देवानन्द जैशी दौडमा छन्।


