काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले सरकारका सय दिन भन्ने पुस्तिकामा राखिएको नेपालको नक्साबारे आपत्ति जनाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीरसहितको मुखपृष्ठमा रहेको निशाना छापमा राखिएको नक्साबारे उनले आपत्ति जनाएका हुन्।प्रधानमन्त्री देउवाले सरकारका एक सय दिन पुस्तिका सार्वजनिक गरेका थिए ।
सो पुस्तिकाको मुख्य पृष्ठमा निशाना छाप राखिएको छ। सो निशाना छापमा नेपालको नक्सा अहिले लिम्पियाधुरासहितको रहेको चुच्चेरहित छ ।नेता रावलले ट्वीट गर्दै भनेका छन्, ‘के यही हो सय दिनको उपलब्धि रु’ उनले संसदले सर्वसम्मतिबाट पारित गरेको नक्शा नराखिनु राष्ट्रिय अखण्डताको अपमान भएको लेखेका छन्। ‘खै देशभक्ति रु’ रावलले ट्वीटरमा राखेका छन्, ‘ य दिनको उपलब्धि यही हो तरु या वाह्य शक्तिलाई खुशी पार्ने प्रपञ्च ?


