कञ्चनपुर। कञ्चनपुरमा अबैध समान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत अस्थायी प्रहरी पोष्ट बन्साहबाट प्रहरी नायव निरीक्षक राम दत्त भट्टको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाबाट अबैध समान बरामद गरेको हो।
प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका ११ कालागौडी कलुवापुर सडक खण्ड स्थित भारतबाट भन्सार चोरीगरी ल्याईएको अबैध समान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
चिनी २२ बोरा, माईक्रोनि पास्ता २ बोरा, चनाको दाल १ बोरा, बेसन आटा १० किलो, नेपकिन टिस्यु पेपर ४६ पाकेट गरी जम्मा ६६ हजार ५ सय मुल्य बराबरको समान बेवारिसे अवस्थामा बरामद गरेको हो । बेवारिसे अवस्थामा बरामद गरीएका सामान आवश्यक कारवाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाएको जनाइएको छ।

