काठमाडौं । सरकारले बुधबार बस्ने प्रतिनिधीसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने तयारी गरेको छ। सरकारको नेतृत्वकर्तादल नेपाली काँग्रेसले सोबारे निर्णय गरेसँगै एमसीसी अगाडी बढ्ने पक्कापक्की भएको छ।
यसैबीच, एमसीसी सम्झौता खारेज हुनुपर्ने माग गर्दै आन्दोलनमा रहेका दलहरुले भोलिका लागि ‘नेपाल बन्द’को आह्वान गरेका छन।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लगायत ५ पार्टीले भोलि (बुधबार) नेपाल बन्द आह्वान गरिएको जानकारी दिएका छन। यसअघि फागुन ४ गते संसद भवन घेराउको कार्यक्रमको तयारी गरिरहेका ती दलहरुले कार्यक्रम फेर्दै बन्दको आह्वान गरेका हुन।


