धनगढी। कैलालीमा अवैध रुपमा भन्सार छलि ल्याएको ब्रोईलर कुखुरा बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय हसुलिया कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले कैलारी गाउँपालीका ४ चौफेरी स्थित नेपाल भारतको खुल्ला सिमा नाकाबाट अवैध ब्रोईलर कुखुरा बरामद गरेको हो।
कैलारी गाउँपालीका स्थित नेपाल भारतको खुल्ला सिमा नाकाबाट अवैध रुपमा भन्सार छलिगरी ल्याएको १०० किलो ग्राम ब्रोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी स्थानिय जनप्रतिनिधिको रोहबरमा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


